विविध विधाका तालिम सम्पन्न

image

2019-02-12

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिद्वारा सञ्चालन हुने दशौं समूह अन्तर्गतका खानेपानी तथा सरसफाइ एवं खुल्ला दिसामुक्त तथा पूर्ण सरसफाइ कार्यक्रमको प्रयोजनका लागि विभिन्न तालिम कार्यक्रमहरूको आयोजना गरिएको छ । जस अन्तर्गत पहिलो चौमासिक (२०७३ श्रावण देखि २०७३ भाद्रसम्म) मा सञ्चालन भएका विभिन्न विधाका तालिममा सहयोगी संस्थाका विभिन्न जिम्मेवारी वहन गर्ने ३२३ जना  कर्मचारी सहभागी भएका छन् । सहभागीहरूको संख्यालाई मध्यनगर गरेर यी तालिमहरू समूहगत रूपमा सञ्चालन गरिएको थियो ।

यस चौमासिकको प्रारम्भमा २०७३ श्रावण ५ गतेदेखि १० गतेसम्म काभ्रेको धुलिखेलमा आयोजित ‘सहयोगी संस्थाका टिम लीडर तथा वास अफिसरहरूका लागि सामुदायिक कार्ययोजना एवं स्वास्थ्य तथा सरसफाइ शिक्षा सम्बन्धी तालिम’ मा ४१ जनाको सहभागिता रहेको थियो । यसैगरी २०७३ भाद्र ५ देखि ८ गतेसम्म हेटौडा र २०७३ भाद्र १० देखि १३ गते सम्म धुलिखेलमा आयोजित ‘सहयोगी संस्थाका वास अफिसरहरूका लागि खुला दिसामुक्त र पूर्ण सरसफाइ कार्यक्रम सम्बन्धी तालिम’ मा ८७ जना पुरुष र ३६ जना महिला गरी कुल १२३ जनाको सहभागिता रहेको थियो ।

यही सिलसिलामा  यही २०७३ भाद्र २६ देखि ३० गते सम्म धुलिखेलमा 'सहयोगी संस्थाका इञ्जिनियरहरुका लागि Water Supply and Sanitation Design Cost विषयक तालिमको आयोजना गरियो । उक्त तालिममा ३४ पुरुष र २ जना महिला गरी ३६ जनाको सहभागिता रहेको थियो।

यसैबीच २०७३ साउन १८ देखि २० गतेसम्म ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका कार्यकारी, विज्ञ तथा पेशागत कर्मचारीहरूका लागि ‘सरसफाइ र स्वच्छता सम्बन्धी प्रशिक्षक प्रशिक्षण’ तालिम सम्पन्न भएको छ । उक्त तालिममा २३ पुरुष र ४ महिला गरी २७ जनाको सहभागिता रहेको थियो ।